aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वित्तीय साक्षरता अभियान सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ बैशाख २०७६
वित्तीय साक्षरता अभियान सुरु

नेपाल सरकारले सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने लक्ष्य लिएकोले ‘नेपालीको बैंक खाता’ अभियानका साथै वित्तिय साक्षरताको महत्वलाई साथ दिदैं सेञ्चुरी कमर्सियल बैंकले गाउंगाउंमा साक्षरता अभियान सुरु गरेको छ ।

यसै क्रममा पनौती नगरपालिका र बेथानचोक गाउंपालिकालाई लक्षित गरेर बैंकले पनौतीमा बैशाख २८ गते, शनिबार एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम मुख्य विष्यवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त ९विधुतिय वित्त० सम्बन्धी जानकारीका दिएको थियो ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत सो कार्यक्रममा २०० जनाभन्दा बढीको सहभागी थियो । कार्यक्रमको उद्घाटन गर्दै पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले कृषि र पशुपालनलाई छनोट गरेर आएको सेञ्चुरी बैंकलाई नगरले समन्वय गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जनाउंदै बैंक वास्तविक किसानसम्म पुग्न सक्नुपर्ने सुझाव दिए । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुंच बढाउन गाउंगाउसम्म वित्तीय साक्षरता अभियान सुरु गरिरहेको बताए । 

स्थानीयहरुले बैंकसम्बन्धी थुपै जिज्ञासा राखेका थिए सोहि सम्बन्धमा बैंकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले स्थानीयका सहुलियतपूर्ण कर्जा सम्बन्धी जिज्ञासाहरु बारे प्रकास पारेको थियो । बैंकले दिइरहेको सेवा सुविधाबारे जानकारी दिँदै बैंकका कृषि तथा विपन्न वर्ग कर्जा विभागका नियम श्रेष्ठले सहुलियतपूर्ण  कर्जा सम्बन्धी जानकारी दिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस