aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महालक्ष्मी विकास बैंकको शाखा लहानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ बैशाख २०७६
महालक्ष्मी विकास बैंकको शाखा लहानमा

महालक्ष्मी विकास बैंकको शाखा सिरहा जिल्ला, लहान नगरपालिका वडा नं ४, स्थित लहान शाखा कार्यालयको शुक्रवार औपचारिक उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन लहान नगरपालिका कार्यालयका मेयर मुन्नी साह सुडीले दीप प्रज्वलनका साथ गरेको थियो ।

बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेको थियो ।

साथै उनले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता ब्यक्त गरे । 

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढी रहेको छ । 

प्रतिक्रिया दिनुहोस