aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

स्टान्डर्ड चार्टर्ड बैंककाे खुद नाफा बढ्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
स्टान्डर्ड चार्टर्ड बैंककाे खुद नाफा बढ्याे

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब २२ करोड ६९ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ७.१२% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब १४ करोड ५३ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ११.२१% र सञ्चालन नाफा ७.१२% बढेको छ ।

यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८ करोड १५ लाख रुपैयाँ अर्थात ७.१२ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सामान्य सुधार भएसँगै खुद नाफा सोही दरमा बढेको हो ।

पुस मसान्तसम्ममा ८० अर्ब ५४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ५४ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको यस बैंकले सो अवधिसम्ममा १ अर्ब ८३ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ करोड ५१ लाख रुपैयाँ बढी हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ११ करोड ६५ लाख रुपैयाँ बढेर १ अर्ब ७५ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी ८ अर्ब १ करोड १४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ९ करोड ९० लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २३ करोड २२ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ६३ पैसा कायम भएको छ ।

यस्ताे छ विवरण

प्रतिक्रिया दिनुहोस