aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहयोगी विकास बैंकमा ‘सीता बचत खाता’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ बैशाख २०७६
सहयोगी विकास बैंकमा ‘सीता बचत खाता’

                                                                                                                                                  
काठमाडौं । सहयोगी विकास बैंकले धनुषा जिल्लाको जनकपुरमा रहेको रामानन्द चौकमा १४ औ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखालाई महिलाहरुले व्यवस्थापन र संचालन गर्ने गरी प्रारम्भीक रुपमा संचालनमा ल्या्इएको हो । 

सो शाखामा हाल कार्यरत कर्मचारीहरु शाखा प्रबन्धकदेखि अधिकृतस्तरसम्म महिलाले नै कार्य गर्दछन । यस शाखामा जम्मा ६ जना महिला कार्यरत छन् । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको “वेटी वचाओ, वेटी पढाओ” नारालाई सार्थक बनाउदै उदारणको रुपमा यो शाखा स्थापना गरीएको हो । 

यो शाखा सञ्चालनसँगै प्रदेश नं २ मा महिला शाखा खोल्ने सहयोगी सम्भवत प्रथम विकास बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए । महिलाहरु पनि बैंकिङ्ग श्रेत्रमा अब्वल हुन सक्छन् र राम्रो व्यवस्थापकको रुपमा प्रस्तुत हुन्छन भने भनाईमा थप आयाम यस बैंकले दिएको जनाएको छ ।

 बैंकले यस श्रेत्रका महिलाहरुको पहुँच बैंकिङ्ग क्षेत्रमा बढी भन्दा बढी होस र महिलाहरुको सुविधामा थप सहयोग पुगोस भन्ने दृष्टिकोणले यस बैंकले यस प्रदेश नं। २ मा नयाँ अवधारणालाई प्रस्तुत गरेको छ । बैंकको उक्त १४औं शाखाको अवस्था उत्साहजनक रहेको पनि प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए । 

उक्त शाखामा हाल २५० जनाको खाता सञ्चालनमा ल्याइएको तथा करिब ३ करोड रूपैयाँ निक्षेप जम्मा भइसकेको छ । खाता संख्या र निक्षेप क्रमशः बृद्धि गर्दै लगेको छ । धेरै महिलाहरूले यसै शाखामा  बैंकिङ्ग कारोवार गर्न रूचाएको पाएको पनि रिजालले बताए । 

त्यसैबीच नेपाल सरकारद्वारा ‘एक व्यक्ति एक खाता” को अवधारणा सार्थक तुल्याउन बैंकले ‘सीता वचत खाता’ सञ्चालन गरेको छ । उक्त खातामा बैंकले आफ्नो तर्फबाट प्रत्येक खातामा रु। १०० जम्मा गरिदिने व्यवस्था पनि गरेको छ । उक्त खातामा शुन्य मौज्दातमै खाता खोल्न सकिने र मोवाइल बैंकिङ्ग सेवा, एटिएम सुविधा जस्ता बंैकिङ्ग सुविधाहरु उपलब्ध गराएको प्रमुख कार्यकारी अधिकृत रिजालले बताए ।

हाल यस बैंकको सिन्धुली, महोत्तरी र धनुषा गरी १४ वटा शाखा रहेका छन् भने ४ अर्ब ४० करोड ३७ लाख रहेको छ । त्यस्तै कर्जातर्फ ३ अर्ब ९८ करोड ४७ लाख रुपैयाँ लगानी रहेको छ । यस बैंकको गत आ।व।मा १७ प्रतिशत लाभांश प्रदान गरिएको थियो भने बैंकले यस आ।व।मा २० प्रतिशत लाभांश वाँड्ने योजनाको लगभग तय भएको छ । 

बैंकमा हाल कार्यरत कर्मचारी मध्ये महिलाको संख्या १८ रहेको छ । बैंकमा हाल जम्मा कर्मचारी संख्याको ७२ ९कार्यालय सहयोगी बाहेक० रहेको छ । यस प्रदेश नं। २ मा रोजगारी, व्यवसाय, तथा महिला जागरणमा बैंकले अहम् भूमिका निभाउदै आएको छ । त्यस्तै महिलाहरुको शिक्षा, व्यवसाय र आर्थिक अवस्थामा बढाउन सहयोग गर्दै जाने सम्बन्धमा बैंक प्रतिबद्ध रहेको पनि प्रमुख कार्यकारी अधिकृत रिजालले बताए ।
 

प्रतिक्रिया दिनुहोस