aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सनइज बैंक र रिलायबल लाईफबीच बैंकास्योरेन्स सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ बैशाख २०७६
सनइज बैंक र रिलायबल लाईफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं  । सनइज बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । 

बैंकास्योरेन्स सम्झौता अनुसार सनइज बैंकले देश भर रहेका १०५ वटै शाखाहरुबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्रि सक्ने छ । 

 बैंक प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी बीच  बैंकास्योरेन्स  सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्य सहित यस बैकले १०५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२० वटा ए।टि।एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि। रहेको छ ।

प्रतिक्रिया दिनुहोस