aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सबै वाणिज्य बैंकले सार्वजनिक गरे वित्तीय विवरण, तीन बैंकको खुद नाफा २ अर्ब माथि (कुन बैंकको कति ?)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
सबै वाणिज्य बैंकले सार्वजनिक गरे वित्तीय विवरण, तीन बैंकको खुद नाफा २ अर्ब माथि (कुन बैंकको कति ?)


काठमाडौं । सबै (२७) वटै वाणिज्य बैंकले पुसमसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ती मध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी खुद नाफा गरेको छ । उक्त बैंकले २ अर्ब २० करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
 
सबैभन्दा कम सिभिल बैंकले गरेको छ । उसले ३१ करोड ६२ लाख रुपैयाँ मात्र कमाएको छ ।

यसैगरी, दोस्रो बढी कमाउनेमा नबिल बैंक छ । उक्त बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ । 

एनआइसी एशिया बैंकले पुस महिनासम्म २ अर्ब १ करोड ६२ लाख खुद नाफा गरेको छ। यो बैंक तेस्रो धेरै बैंक बनेको छ ।

अहिले कृषि विकास बैंक, सिटिजन्स, सिद्धार्थ, एभरेष्ट, माछापुच्छ«े, सानिमा, नेपाल बैंक, सनराइज, प्रभु, बंगालादेश, लक्ष्मी, कुमारी, प्राइम, हिमालयन, इन्भेष्टमेन्ट, एनआइसी एशिया, ग्लोबल आइएमई बैंक, एसबीआई, एनएमबी, एनसिसी, नबिल, स्टयाण्र्डड चार्टर्ड, बैंक अफ काठमाण्डू, सिभिल बैंक, मेगा बैंक, सेञ्चुरी बैंक र राष्ट्रिय वाणिज्य बैंक सञ्चालनमा छन ्।

राष्ट्रिय वाणिज्य बैंक, नबिल र एनआइसी एशिया बैंकले २ अर्ब भन्दा माथि कमाएका छन्। ती दुई बाहेक १३ बैंकको नाफा १ अर्ब भन्दा बढी छ ।

 १ अर्ब भन्दा बढी नाफा गर्नेमा स्टयार्डड चार्टर्ड, एनएमबी, एसबिआई, ग्लोबल आइएमई, इन्भेष्टमेन्ट, हिमालयन, प्राइम, प्रभु, नेपाल बैंक, सानिमा, एभरेष्ट, सिद्धार्थ र कृषि विकास बैंक छन् ।

११ बैंकले १ अर्ब पनि नाफा गर्न सकेका छैनन् । १ अर्ब नाफा नपु¥याउने बैंकमा सिभिल, एनसीसी, कुमारी, लक्ष्मी, बंगालादेश, सनराइज, माछापुच्छ«े, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, मेगा बैंक  र सेञ्चुरी बैंक छन्। उनीहरुको नाफा १ अर्ब भन्दा कम छ । 

अधिकांशको नाफा बढेको छ भने केहीको नाफा घटेको छ ।

निक्षेप संकलन र त्यही अनुसारको कर्जा लगानी गरेका कारण बैंकको नाफा बढेको हो । 

           बैंक                                      नाफा

  • १.कृषि विकास बैंक           १ अर्ब ५८ करोड १७ लाख
  • २.सिटिजन्स बैंक               ६८ करोड ७७ लाख 
  • ३.सिद्धार्थ बैंक                   १ अर्ब २ करोड ६५ लाख
  • ४.एभरेष्ट बैंक                    १ अर्ब ५० करोड ९८ लाख
  • ५.माछापुच्छे बैंक               ८२ करोड १८ लाख
  • ६.सानिमा बैंक                  १ अर्ब १४ करोड ७४ लाख
  • ७.नेपाल बैंक                     १ अर्ब ३५ करोड २३ लाख
  • ८.सनराइज बैंक                 ९४ करोड ४३ लाख
  • ९.प्रभु बैंक                         १ अर्ब ८ करोड ५७ लाख
  • १०.नेपाल बंगालादेश बैंक     ८० करोड ७७ लाख
  • ११.लक्ष्मी बैंक                    ९० करोड ३० लाख
  • १२.कुमारी बैंक                   ८० करोड ३० लाख
  • १३.प्राइम बैंक                     १ अर्ब ३० करोड ७ लाख
  • १४.हिमालयन बैंंक               १ अर्ब ७४ करोड २४ लाख
  • १५.नेपाल इन्भेष्टमेन्ट बैंक      १ अर्ब ६६ करोड ६१ लाख
  • १६.एनआइसी एशिया बैंक     २ अर्ब १ करोड ६२ लाख
  • १७.ग्लोबल आइएमई बैंक       १ अर्ब ६८ करोड ५९ लाख
  • १८.एसबीआई बैंक                 १ अर्ब ७ लाख
  • १९.एनएमबी बैंक                   १ अर्ब ६३ करोड ६० लाख
  • २०.एनसीसी बैंक                  ७५ करोड ६३ लाख
  • २१.नबिल बैंक                     २ अर्ब ४ करोड १८ लाख
  • २२.स्टयाण्डर्ड चार्टर्ड बैंक      १ अर्ब २२ करोड ६९ लाख
  • २३. सिभिल बैंक                  ३१ करोड ६२ लाख
  • २४. बैंक अफ काठमाण्डू      ८८ करोड ३८ लाख
  • २५. मेगा बैंक                     ९५ करोड २ लाख
  • २६. सेन्चुरी बैंक                  ६५ करोड २ लाख
  • २७. राष्ट्रिय वाणिज्य बैंक      २ अर्ब २० करोड ९४ लाख

प्रतिक्रिया दिनुहोस