aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब माथि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब माथि

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले यस अबधिमा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० करोड ४ लाख रुपैयाँ अर्थात ८.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले पुस मसान्तसम्ममा १ खर्ब ९४ अर्ब ९० करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४७ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको यस बैंकको निष्क्रिय कर्जा ३।४० प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ। यससँगै बैंकले इम्पेरिमेन्ट चार्जमा २० करोड १३ लाख रुपैयाँ छुट्याएको छ। यसका कारण बैंकको सञ्चालन मुनाफा घट्न गई नाफामा कमी आएको हो।

९ अर्ब ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको शेयरधनी कोषमा १ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा १२ अर्ब ४८ करोड २१ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ९ करोड ३० लाख रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा बैंकको कोषको लागत ४.०५ प्रतिशत, आधार दर ६.६० प्रतिशत र स्प्रेड दर ५.५३ प्रतिशत रहेको छ। 
 

प्रतिक्रिया दिनुहोस