aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बैंकहरुको निक्षेप संकलन स्किममा अर्को लगाम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ बैशाख २०७६
बैंकहरुको निक्षेप संकलन स्किममा अर्को लगाम

काठमाडौं। बैंकहरुको निक्षेप संकलन स्किममा अर्को लगाम काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकहरुको निक्षेप संकलनको स्किममा लगाम लगाएको छ । अब तीन महिनाभन्दा कमको मुद्दति निक्षेप लिन नपाइने नब्यवस्था गरेको छ।

राष्ट्र बैंकले आइतबार एक निर्देशन जारी गर्दै तीन महिनामाथिको मात्र मुद्दति निक्षेप उठाउन पाइने ब्यवस्था गरेको हो। बैंकहरुले निक्षेप तान्नका लागि आफू खुशि दिन तोक्दै मुद्दति निक्षेपभन्दै निक्षेप उठाउने गरेका थिए। यस बारेमा बैंकर्स संघले समेत गुनासो गरेको थियो।

यसअघि बैंकहरुले ६० दिनको, ७५ दिनको मुद्दति भन्दै स्किमसमेत ल्याउने गरेका थिए। अब ९० दिनभन्दा कमको मुद्दति निक्षेप हुँदैन। मुद्दतीमा पैसा राख्नेले अब पूर्वनिर्धारित ब्याजदर कायम गरि मुद्दती खाता समयभन्दा पहिला बन्द गर्न समेत नपाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस