aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एन आई सी एशियाले थपे ललितपुरको तीन स्थानमा विस्तारित काउण्टर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
एन आई सी एशियाले थपे ललितपुरको तीन स्थानमा विस्तारित काउण्टर

ललितपुर । ललितपुर जिल्ला अदालत परिसरमा एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

सेवाको समुद्घाटन ललितपुर जिल्ला अदालतका माननीय मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरेका थिए । मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्ला अदालतका माननीय न्यायाधीश एवं पदाधिकारीहरू तथा उक्त बैंकका उच्च पदस्थ पदाधिकारीज्यूहरूको उपस्थिती थियो । 

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउनुहुने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने र यस बैंकको बैंकिङ्ग सेवा देशका हरेक कुना कन्दरामा पु¥याउने बैंकको अथक यात्रा जारी रहेको जानकारी गराएका थिए ।

उक्त बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०९ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस