
काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र बाँडफाँट भएको छ ।
बैंकले सार्वजनिक निष्कासनमार्फत माघ १४ देखि १७ गतेसम्म विक्री गरेको र व्यक्तिगत तवर मार्फत आंशिक रुपमा माघ २७ गते ऋणपत्र बाँडफाँट गरेको हो ।
सात वर्षे अवधिको वार्षिक १० दशमलव ३५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी बैंकले २५ लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो ।
जसमध्ये व्यक्तिगत तवरमार्फत १५ लाख कित्ता र १० लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि विक्री गरेको हो ।
व्यक्तिगत तवरमार्फत आवेदन गर्ने आवेदकहरुले आंशिक बाँडफाँटमा परेको ऋणपत्र वापतको रकम फागुन १ गतेदेखि फिर्ता भुक्तानी पाउनेछन् ।
बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलबाट एकाउण्ट पेयी चेक मार्फत फिर्ता भुक्तानी गरिने बैंकले सुचना मार्फत जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस