aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सिभिल बैंकको १०७ औं शाखा जितपुरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
सिभिल बैंकको १०७ औं शाखा जितपुरमा

काठमाडौं । सिभिल बैंक लिमिटेडको १०७ औं शाखा जितपुरमा उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजनबिकम थापा र जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्णप्रसाद पौडेलले संयुक्त रुपमा बैंकको नयाँ शाखा समुद्घाटन गरेका हुन् ।

बैंकको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजनबिकम थापाले देशको आर्थिक बिकास बैंकहरुको सहभागिता बिना हुन नसकिने भएकोले सिभिल बैंकले जीतपुरमा शाखा बिस्तार हुँदा यस क्षेत्रको बित्तीय गतिबिधिमा टेवा पुग्ने बताए । 

उक्त कार्यक्रमका विशिष्ट अतिथि जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर कृष्णप्रसाद पौडेलले जीतपुरमा सिभिल बैंकले शाखा खोलेकोमा खुसी व्यक्त गर्दै सिभिल बैंकले  यस क्षेत्रको जनताको घरदैलोसम्म पुगी वित्तीय सेवा उपलब्ध गराई त्यहाँको जनताको जीवनस्तर उकास्न सघाउ पुर्याउने कुरामा विश्वास व्यक्त गरे । 
 
सिभिल बैंकको हालसम्म नेपालभर कुल शाखा संख्या १०७ पुगेकोे छ । बैंकको ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्व कर्जा लगानी गरेको छ । 

प्रतिक्रिया दिनुहोस