aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

रा.वा.बैंकका प्रमुख कार्यकारी अधिकृत म्यानको अध्यक्ष पदमा निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
रा.वा.बैंकका प्रमुख कार्यकारी अधिकृत म्यानको अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्ष पदमा निर्वाचित भएको छ । 
(म्यान)को अध्यक्ष पदमा निर्वाचित, म्यानेजर अफ द एयर २०१९ पुरस्कार प्राप्त गरेका र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट संस्थागत तर्फ कार्यकारीणी समितिमा नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी सर्वाधिक बढी मतका साथ निर्वाचित भएकोमा बैंकका विभागीय प्रमुखहरु तथा उच्च व्यवस्थापनबाट बुधबार एक समारोहका बीच बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्ष किरणकुमार श्रेष्ठले म्यानेजर अफ द एयर २०१९ पुरस्कार पाउनु बैंक भित्रका सम्पूर्ण कर्मचारीहरुको सामुहिक प्रयासको उपज हो भन्नु हुंदै बैंकले गरेको प्रगतिको मूल्याङ्कन हुन थालेको बताए । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले म्यानको कार्यकारीणी समितिमा भएको विजयी सम्पूर्ण राष्ट्रिय वाणिज्य बैंक परिवारको भएको बताए । 

उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पुरस्कार पाउनु बैंकको गौरबको विषय भएको बताए । विभागीय प्रमुख विनयरमण पौडेलले राष्ट्रिय वाणिज्य बैंकको प्रगति नोटिस हुन थालेको बताए । कार्यक्रम बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गरेको थियो ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु, कम्पनी सचिव लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस