aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

महालक्ष्मी विकास बैंकबाट सुगन्ध थालेसीमिया प्रोजेक्टलाई प्रायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
महालक्ष्मी विकास बैंकबाट सुगन्ध थालेसीमिया प्रोजेक्टलाई प्रायोजन

काठमाडौं । विश्व क्यान्सर दिवसको अवसरमा सर्वसाधारणलाई सचेतना अभिवृद्धिका लागि ‘विराटनगर प्लाटियम राउण्ड टेवल ११’ले दौड प्रतियोगिता सम्पन्न गरेको छ । 

यसैगरि, माघ २५ गते  उक्त राउण्ड टेवलको आयोजनामा कुनै पनि विपन्न परिवारका बाल बालिकाहरु थैलेसीमिया क्यान्सर भएर अकालमा मृत्यु वरण गर्नु नपरोस भन्ने उदेश्यले महालक्ष्मी विकास बैंकले दुईलाख पचास हजारको आर्थिक सहयोग गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य अनुरुप राउण्ड टेवल ११ ले उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोति दुगडको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमको अवसरमा उक्त रकम हस्तान्तरण गरेको हो ।

महालक्ष्मी विकास बैंकले उक्त रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित सुगन्ध थालेसीमिया प्रोजेक्टलाई आर्थिक सहयोग गरेको जनाएको छ । 

बैंकको विराटनगर शाखाले सो क्षेत्रमा आयोजित एक कार्यक्रममा बैंकका विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक राउण्ड टेवलका पदाधिकारीलाई उपलव्ध गराएको हो  । 

साथै बैंकको तर्फबाट भविष्यमा अझै सहयोग गर्ने वचन वद्धता व्यक्त गरेको थियो भने क्लवका अध्यक्षबाट बैंकले आफ्नो सामाजिक सेवा तर्फ गरेको सहयोग प्रति आभार प्रकट गर्दे उक्त सहयोग राशीलाई सो रोगबाट ग्रसित बाल बालिकाहरुलाई निःशुल्क स्वास्थ्य उपचार गराउने विश्वास दिलाए । 

साथै अन्य क्षेत्र वर्ग र सहयोगीहरु संग समन्वय गरेर उक्त राशीलाई अझ वृद्धि गरि लक्षित वर्गमा सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस