aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सिभिल बैंकको नयाँ शाखा बाराको कलैयामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
सिभिल बैंकको नयाँ शाखा बाराको कलैयामा

काठमाडौं । सिभिल बैंकले नयाँ शाखा विस्तार गरेको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकले आफ्नो शाखा संजालमा बिशेष महत्व दिने रणनीति अनुरुप बारा जिल्लाको कलैयामा आफ्नो शाखा विस्तार गरेको हो । 

सिभिल बैंकका संचालक समितिका सदस्य युगेशबहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेशराय यादवले संयुक्त रुपमा शाखा उद्धघाटन गरेका हुन् । 

बैंकको हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरु रहेको छन् भने ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्व कर्जा लगानी गरेको छ । यस बैंकको प्रदेश नं २ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०८ पुगेकोे छ ।
 

प्रतिक्रिया दिनुहोस