काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र कालिकानगर बुटवल, रुपन्देही ंस्थित क्लव दे नोभो प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले क्लवको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौता पत्रमा बैंकका बुटवल शाखा प्रबन्धक यादव भट्टराई र क्लव दे नोभा प्रा.लि.का प्रबन्धक अर्जुन गैरेले हस्ताक्षर गरेको छ ।
प्रतिक्रिया दिनुहोस