काठमाडौं । कामना सेवा बैंकको कल सेन्टर सञ्चालनमा आएको छ । “प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै कल सेन्टर सञ्चालनमा ल्याएको हो ।
कल सेन्टरबाट ग्राहकहरुले गुनासो सुनुवाईका साथै बैंकको सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००-११-३००० तथा [email protected] मा सिधै सम्पर्क गर्न सक्नेछन् ।
बैंकले देशका विभिन्न भागहरुमा ११८ वटा शाखा तथा ६२ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, मोबाईल बैंकिगं, एसएमएस बैंकिगं लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस