aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपाल एसबीआइको ऋणपत्रमा आवेदन दिने समयावधि थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ फागुन २०७६
नेपाल एसबीआइको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाडौं । नेपाल एसबिआइ बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप भएको छ । बैंकको रू. २ अर्ब ५० करोड बराबरको ऋणपत्रमा अब फागुन २४ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । 

जसमध्ये रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र रू. १ अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनको माध्यमबाट विक्री खुला गरेको हो ।

वि.सं २०८६ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा १० लाख कित्तासम्म सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्र मूल्य रू. १००० तोकिएको छ ।

आवेदकले कुमारी क्यापिटल लिमिटेड, नेपाल एसबिआई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल एए’ रेटिङ प्रदान गरेको छ । बैंकले धितोपत्र बोर्डसँग पुस २७ गते स्वीकृति पाएसँगै ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस