काठमाडौं । हिमालयन बैंकको पहिलो प्राथमिकता सस्थापकहरु कै शेयर नै पब्लिकमा परिवर्तन गर्ने रहेको नवनियुक्त अध्यक्ष तुलसीप्रसाद गौतमले बताएका छन् । बैंकको शेयर पहिला नै बजारमा धेरै भएकाले अब थप लगानीकर्ता भित्र्याउने सोचमा बैंक नरहेको र पहिलो प्राथमिकता भनेको हालको संस्थापक शेयरधनीहरुकै शेयरलाई सर्वधारणमा परिवर्तन गर्ने प्रयास हुने उनले बताए ।
उनले भने, पहिलो प्राथमिकताले काम नगरेको खण्डमा बैंकको सञ्चालक समितिले अन्य विकल्प फरदर पब्लिक अफरिड वा अन्य विकल्पमा जान सकिन्छ । हाल बैंकमा सर्वसाधारणको १५ प्रतिशत मात्रै सेयर स्वामित्व छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सेयर हिस्सा कम्तिमा ३० प्रतिशत बनाउन निर्देशन दिईसकेको छ ।

हिमालयन बैंक २७ औं साधारणसभाले २६ वर्षदेखि राज गर्दै आएका मनोजबहादुर श्रेष्ठको चञ्गुलबाट निष्कदै कर्मचारी सञ्जय कोषको नेतृत्वमा गएको छ । कोषका तर्फबाट बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् । बुधबार सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभालृ सञ्चालकमा ५ जना निर्वाचित गरेको थियो । बुधबारै बसेको बैंकको नव निर्वाचित सञ्चालक समतिले गौतमलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैसल लालानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेका थिए ।
‘उनले आर्थिक न्युजडटकमसँग कुरा गर्दै भने, बजारमा रहेका अन्य बैंकहरुको तुलनामा हिमालयन बैंक अब्बल नै छ तर, योभन्दा पनि राम्रो गर्न सकिन्थ्यो होला त्यो यसभन्दा पहिला भएन अब भने यो पनि पुरा गर्ने गरि योजना बनाउदै छौं ।
प्रतिक्रिया दिनुहोस