aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ फागुन २०७६
ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले खोटाङ शाखा शुक्रबारदेखि औपचारिक सञ्चालनमा ल्याएको छ । शाखाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उदघाटन गरे । 

बैंकले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, २४९ शाखारहित बैंकिङ सेवा र विदेशमा ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् सेवा दिदैं आएको छ।

प्रतिक्रिया दिनुहोस