
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले नगद लाभांश सेयरधनीको खातामा पठाइदिएको छ । कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो ।
नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनिएको छ ।
अपडेट गरेपछि मात्र लाभांश पाइनेछ । फरवार्डको गत पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ३२.५०% बोनस सेयर र कर प्रयोजनसहित १२.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश कर कटाएर सेयरधनीको खातामा पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस