aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कृष्णबहादुर महरा विरूद्द मुद्दाको सुनुवाई अन्तिम चरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ फागुन २०७६
कृष्णबहादुर महरा विरूद्द मुद्दाको सुनुवाई अन्तिम चरण

काठमाडाैं । पूर्व सभामुख कृष्णबहादुर महरामाथि अभियोग लागेको यौन दुर्व्यवहार सम्बन्धी मुद्दाको सुनुवाई अन्तिम चरणमा पुगेको छ ।

जिल्ला अदालत काठमाडौंमा मुद्दा सुनुवाइ सम्बन्धी अधिकांश काम पूरा भएकाले अन्तिम सुनुवाइ भइरहेको छ ।

अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले इजलाशबाट अन्यथा आदेश नभएमा आज आइतबारै मुद्दाको फैसला हुनसक्ने सम्भावना रहेको बताए ।

हेर्दाहेर्दैमा रहेको मुद्दाको न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा पहिलो नम्बरमै सुनुवाइ भइरहेको छ । सरकारी वकिलले बहस गरिसकेको र प्रतिवादी पक्षका वकिलले बहस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस