aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिभिल बैंकले ४७ प्रतिशतले नाफा वृद्धि गर्दै कमायो ४९ करोडमाथि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
सिभिल बैंकले ४७ प्रतिशतले नाफा वृद्धि गर्दै कमायो ४९ करोडमाथि

सिभिल बैंक लिमिटेड (Civil Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ४९ करोड ३८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४७ दशमलव २० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले नाफा ३३ करोड ५५ लाख रुपैयाँ कमाएको थियो ।

 ८ अर्ब ३३ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ राखेको छ । 

बैंकले निक्षेपमा ३९ अर्ब ९२ करोड ७९ लाख रुपैयाँको संकलन गरी कर्जा ४१ अर्ब ४१ करोड २० लाख रुपैयाँ पुर्याएको छ । जसले कर्जामा ७ दशमलव ८९ प्रतिशतले वृद्धि गरेको हो । 

बैंकको खुद व्याज आम्दानीमा ७० दशमलव २३ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफ २८ दशमलव १४ प्रतिशतले बढेर ७६ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।  

बैंकको प्रति शेयर आम्दानी ६ दशमलव १७ रुपैयाँ, मूल्य आम्दानी २५ दशमलव ९३ गुणा, प्रति शेयर नेटवर्थ १ सय २५ दशमलव ०१ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ४२ प्रतिशत रहेको छ ।

बैंकको निष्कृय कर्जा ३ दशमलव ९६ प्रतिशत र जोखिम युत्त सम्पति १८ दशमलव ८२ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस