
काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले २५ औं बार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता संचालनमा ल्याएको छ ।
एक घर एक खाताको अभियानलाई निरनतरता दिदै घरदैलो कार्यक्रम का माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान आज देखि नै संचालनमा आएको छ ।
यस योजना अन्तर्गत युनाईटेड फाईनान्स लिमिटेडको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खातावालाको खातामा फाईनान्सका तर्फबाट रु. १००। जम्मा गरीने तथा निशुल्क रुपमा भिसा कार्ड तथा आस्वा सेवा उपलव्ध गराईने बैंकले जनाएको छ ।
नेपालकै पुरानो मध्येको यस फाईनान्समा हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ ।
कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आईरहेको छ र यो योजना सबै शाखा कार्यालयहरुमा लागु गरीएकोछ ।
यो योजना हाललाई फाल्गुण महिना भरीका लागि संचालनमा ल्याईएको छ ।
प्रतिक्रिया दिनुहोस