aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ फागुन २०७६
सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र गेष्ट इन्टरनेस्नल कलेजको आयोजनामा भएको नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । 

बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक लिसा शेरचनले पुरस्कार वितरण गरेकी थिईन् । खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको यस बैंककोे सहयोगमा भएको बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो । 

गेष्ट इन्टरनेस्नल कलेजको प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ प्रथम साईपल कलेज, दोस्रोमा रिलायन्स इन्टरनेस्नल कलेज भएका छन् । त्यसैगरी पुरुष तर्फ प्रथममा सिसिआरसी कलेज र दोस्रोमा ओमेगा कलेज भएका छन् ।  

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिगं सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस