
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण फागुन ४ गते सार्वजनिक गरेको छ । गत वर्ष यसै अवधिसम्म रू. ३७ लाख ९६ हजार घाटामा रहेको यो कम्पनीले यस वर्ष भने रू. १८ लाख ३४ हजार नाफा गरेको छ । यस वर्ष कम्पनीले रू. ४४ लाख ७६ हजार खराब कर्जा उठाएको छ ।
गत वर्षभन्दा यस वर्ष कम खराब कर्जा उठाएको कम्पनीको चुक्तापूँजी रू. ६ करोड छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष २ दशमलव ७९ प्रतिशत बढी रू. ४५ लाख ९३ हजार कायम भएको छ ।
यस वर्ष गत वर्षभन्दा ५५ प्रतिशत बढी रू. ९ करोड १८ लाख ४७ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ६० प्रतिशत बढी रू. ५३ करोड ८३ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्षभन्दा यस वर्ष घटेको छ । शून्य दशमलव शून्य ५ प्रतिशतको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव शून्य १ कायम भएको हो ।
वार्षिक रू. ६ दशमलव १२ प्रतिशेयर आम्दानी रहेको यो कम्पनीले हाल पाँच जिल्लामा १७ वटा शाखा कार्यालय मार्फत १० हजारभन्दा बढी परिवारमा सेवा दिईरहेको छ ।
प्रतिक्रिया दिनुहोस