aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपाल एग्रोले कमायो ६४ लाखभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ फागुन २०७६
नेपाल एग्रोले कमायो ६४ लाखभन्दा बढी नाफा

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षको ६ महिना अर्थात दोस्रो त्रैमासमा रू. ६४ लाख १५ हजार खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीको खुद नाफा रू. ४५ लाख २ हजार थियो । गत वर्षभन्दा यस वर्ष ४२ दशमलव ४९ प्रतिशत बढी नाफा कमाउन कम्पनी सफल भएको हो ।

सर्वसाधारणलाई आईपीओ पश्चात १५ प्रतिशत बोनस शेयर मार्फत हाल कम्पनीको चुक्तापूँजी रू. ५ करोड ७२ लाख ४४ हजार पुगेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ६० दशमलव ७८ प्रतिशत बढी रू. १ करोड ५८ लाखभन्दा बढी कायम भएको छ ।

यस वर्ष कम्पनीले रू. २३ करोड ३ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ६९ करोड ६५ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा यस वर्ष निक्षेप ५४ दशमलवन ७३ प्रतिशत र कर्जा प्रवाह ४१ प्रतिशत बढेको हो । 

गत वर्ष रू. ६८ लाख ४१ हजार खराब कर्जा उठाएको यस कम्पनीले यस वर्ष रू. ३३ लाख ८८ हजार मात्र उठाएको छ । निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ५६ रहेकोमा यस वर्ष १ दशमलव ३३ प्रतिशत रहेको छ ।

खराब कर्जा अनुपात बढेसँगै कम्पनीले सम्भावित जोखमका लागि गत वर्षभन्दा बढाएर रकम छुट्याएको छ । गत वर्ष यो शिर्षकमा रू. ४९ लाख ८७ हजार छुट्याएकोमा यस वर्ष रू. ५५ लाख ८२ हजार छुट्याएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशलव ८९ छ । हाल १० जिल्लामा २६ कार्यालय मार्फत कमपनीले १९ हजारभन्दा बढी परिवारमा सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस