
काठमाडौं । सिर्जना फाइनान्सको दोस्रो त्रैमासमा गत वर्षको सोहि अवधिको तुलनामा नाफामा कमि आएको छ । गत वर्ष रू. ४ करोड ७१ लाख नाफा गरेको यो कम्पनीले यस वर्ष रू. ३ करोड १२ लाखभन्दा बढी नाफा गरेको हो । गत वर्षको तुलनामा यस वर्ष ३३ दशमलव ६३ प्रतिशतले कम्पनीको नाफा घटेको हो ।
यस कम्पनी सन्राइज बैंकमा विलय हुन लागेको छ । सन्राइज बैंकलले यस कम्पनीलाई प्राप्ती गर्नका लागि सम्झौता समेत गरिसकेको छ । गत माघ ८ गते सन्राइजले सिर्जना फाइनान्सलाई प्राप्ती गर्ने सम्झौता भएको थियो ।
सिर्जना फाइनान्सको चुक्तापूँजी रू. ७३ करोड ७२ लाख ५१ हजार पुगेको छ । यस वर्ष ६० प्रतिशत हकप्रद शेयर मार्फत कम्पनीले पूँजी बढाएको हो । जगेडा कोष रकम भने दोस्रो त्रैमाससम्म रू. १३ करोड ७७ लाख २६ हजार कायम भएको छ । गत वर्षभन्दा शून्य दशमलव २३ प्रतिशतले जगेडा कोष रकम घटेको हो । गत वर्ष यसै अवधिसम्म कम्पनीको जगेडा कोषमा रू. १३ करोड ८० लाख ४५ हजार थियो ।
गत वर्षभन्दा यस वर्ष २२ प्रतिशत बढी रू. ७ अर्ब ३१ करोड ३० लाख निक्षेप संकलन भएको कम्पनीको ४८ दशमलव ४८ प्रतिशत बढी रू. ६ अर्ब १७ करोड ६४ लाख भन्दा बढी कर्जा प्रवाह भएको छ । निष्क्रिय कर्जा २ दशमलव २४ प्रतिशत छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ४८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस