aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राष्ट्रिय वाणिज्य बैंकले कमायो साढे ३ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
राष्ट्रिय वाणिज्य बैंकले कमायो साढे ३ अर्ब

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (Rastriya Banijya Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ३ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको तुलनाभन्दा १३ दशमलव ४२ प्रतिशले वृद्धि गरेको हो । बैंकको अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३ अर्ब ८ करोड ५० लाख रुपैयाँ कमाएको थियो ।

 ९ अर्ब ४७ लाख रुपैयाँ चुक्ता पुँजी भएको राष्ट्रिय वाणिज्य बैंकले जगेडाकोषमा १४ अर्ब ९ करोड ७ लाख रुपैयाँ राखेको छ । 

बैकले निक्षेपमा १ खर्ब ७२ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ संकलन गरी कर्जामा १ खर्ब ३७ अर्ब २ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १७ दशमलव ९ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १९ दशमलव २० प्रतिशतले बढेर ७ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २५ दशलमव ३० प्रतिशतले बढेर ४ अर्ब ८६ करोड २७ लाख रुपैयाँ पुगेको छ । 

बैंकको निष्क्रिय कर्जा ४ दशमलव २८ प्रतिशत र पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) १२ दशमलव ८१ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस