
एनआईसी एशिया बैंक(NIC Asia Bank Ltd.)ले तेस्रो त्रैमासमा खुद मुनाफा २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनाभन्दा १४५ दशमलव ३३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ९२ करोड ७६ लाख रुपैयाँ कमाएको थियो ।
८ अर्ब ८३ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले रिटर्न अर्निङ्ग १ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ र जगेडामा ४ अर्ब ५ करोड ७५ लाख रुपैयाँ सञ्चित गरेको छ ।
बैंकले निक्षेपमा १ खर्ब ५४ अर्ब १३ करोड ५१ लाख रुपैयाँ संकलन गरि कर्जामा १ खर्ब ४१ अर्ब ५५ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ । जसले कर्जामा २२ दशमलव ६० प्रतिशतले वृद्धि गरेको हो ।
बैंकको खुद ब्याज आम्दानी सय प्रतिशतले बढेर ५ अर्ब ३२ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४८ प्रतिशतले बढेर ३ अर्ब २२ करोड ३९ लाख रुपैयाँ पुगेको छ । बैंकले खुद व्याज आम्दानी तथा संचालन मुनाफामा अत्याधिक बढेको हुँदा नाफा पनि बढेको हो ।
बैंकको वार्षिक प्रतिशेयर आम्दानी १ सय २४ प्रतिशतले वृद्धि गरी ३४ दशमलव ३६ रुपैयाँ पुगेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ १६१ दशमलव ७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३ दशमलव ६४ गुणा, आधार ब्याजदर ९ दशमलव ३० प्रतिशत र कोषको लागत ७ दशमलव ०९ प्रतिशत रहेको छ ।
बैंकलाई आमजनमानले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुक भर २८३ शाखा कार्यालय, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ इकाइ मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो शाखा संचालन भएको बैंक हुन सफल भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १६ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले परिपालना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस