aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

क्यान्सर जनचेतनाकोलागि “ज्योति लाईफ द एमेजिङ मोटर -याली २०२०”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
क्यान्सर जनचेतनाकोलागि “ज्योति लाईफ द एमेजिङ मोटर -याली २०२०”

काठमाडौं । काठमाडौं ग्रुप अफ होटल्स, रोटरी क्लब अफ बागमती काठमाडौं र ज्योति केयर्स द्वरा आयोजित “ज्योति लाईफ द एमेजिङ मोटर -याली २०२०” वि.सं. २०७५ माघ २४ गते सम्पन्न गरेको छ । विश्व क्यान्सर दिवसको अवसरमा “आई एम एण्ड आई वील क्रिएट अ वल्र्ड विड्आउट क्यान्सर” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम मार्फत भिजिट नेपाल २०२० को प्रर्वद्धन पनि गरिएको थियो । 

नेपाल टुरिजम बोर्डको प्रांगणवाट क्यान्सर जनचेतना सम्वन्धि स्टिकरहरु द्वारा सुुसजित गाडीहरुलाई काठमाडौँ ग्रुप अफ होटल्सका झण्डा तोलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

नेपाल टुरिजम बार्डबाट निस्किएका गाडीहरु थानकोट, चुम्लिङ्गटार, दमौली हुँदै पोखरासम्म विभिन्न चेक प्वाइन्टहरुमा आयोजित खेलहरुमा सहभागी हुँदै समापन भएको थियो ।

सम्पूर्ण गाडीहरुमा जि पि एस जडान गरी गाडीहरु चेकप्वान्ट पार गरे नगरेको निरिक्षण गर्नुका साथै नियमानुसार प्रति घन्टा ८० कि.मि भए नभएको निगरानी गरिएको थियो । करिब १० घण्टाको यात्रापछि सम्पूर्ण गाडिहरु पोखरास्थित वाटर फ्रन्ट होटलमा बस्ने प्रावधान गरी साँझ औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । 

प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल लगायत पुर्व तथा हालका मिस नेपालहरु अनुष्का श्रेष्ठ, रोज लामा, मीरा कक्षपति, रोनाली अमात्य तथा रिया बस्नेत लगायत विभिन्न संघ संस्थाहरुक प्रतिनिधिहरु उपस्थित उक्त औपचारिक कार्यक्रममा विशिष्ट मन्तव्यको साथै र्याली विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । काठमाडौँ ग्रुप अफ होटल्सका अध्यक्ष दिवाकार राज कर्णिकारको सम्पुर्ण प्रायोजकहरुलाई कृतज्ञता ज्ञापन गरे । 

कार्यक्रमको दोश्रो दिन काठमाडौँ ग्रुप अफ होटल्सको सहकार्यमा सारङकोट स्थित जनजागृति माध्यामिक विधालयमा ज्योति लाईफको सामाजिक उत्तरदयित्व कार्यक्रम अन्तर्गत स्वास्थ शिविर तथा स्थानिय विधार्थीहरुलाई ब्याग, शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो स्थानिय प्रतिनिधि तथा पोखरा उप महानगर पलिकाका उप प्रमुख मञ्जु देवी गुरुङ्ग उपस्थित उक्त कार्यक्रममा ३८५ जनाको उपचार गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस