aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनआईसी एशियाको सूर्या लाइफमा रहेको शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
एनआईसी एशियाको सूर्या लाइफमा रहेको शेयर विक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बोलकबोल प्रकृयाबाट विक्रीमा ल्याएको छ । बैंकले फागुन ५ गतेदेखि ५५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

प्रतिशेयर  २५० रुपैयाँ तोकिएको यस शेयर खरिदका लागि फागुन १३ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर, थापाथली काठमाडौं र शाखा कार्यालयहरु बिराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी काठमाडौंमा पेश गर्न सकिनेछ ।

 तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएको आवेदन बोलकबोल मूल्यांकनमा समावेश नगरिने बैंकले जानकारी दिएको छ । आवेदन दिदाँ न्यूनतम १०० कित्ता वा सो भन्दामाथि अधिकतम सम्पूर्ण कित्ता खरिद माग गर्न सकिनेछ । विक्री प्रबन्धकका एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस