aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस, माछापुच्छ्रे बैंक प्री क्वाटर फाइनल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस, माछापुच्छ्रे बैंक प्री क्वाटर फाइनल

काठमाडौं । काठमाडौँमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत मुख्य प्रयोजक माछापुच्छ्रे बैंक प्रि क्वाटर फाईनल प्रवेश गरेको छ । तेस्रो दिनको खेल अन्र्तगत माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई ४ विकेटले पराजित गरि प्रि क्वाटरफाईनलमा प्रबेश गरेको हो । 

क्वाटरफाईनल प्रबेशको लागि माछापुच्छ्रे बैंकले अब मंगलबार प्राईम कर्मशियल बैंकसंग प्रतिस्पर्धा गर्नेछ । काठमाण्डौको कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि संचालन भईरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन ७ गते बुधबारसम्म चल्ने प्रतियोगितामा मंगलबार प्रि क्वाटर फाईलन तथा क्वाटर फाईनलका खेलहरु हुनेछन् भने अन्तिम दिन बुधबार सेमि फाईनल तथा फाईनल खेलहरु हुने आयोजकले बताएका छ । 
 

प्रतिक्रिया दिनुहोस