aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कालिका लघुवित्तको शेयर कारोबार फुकुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
कालिका लघुवित्तको शेयर कारोबार फुकुवा

 काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको रोक्का रहेको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले फुकुवा गरेको छ । जनसेवी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रयोजनका लागि रोकिएको शेयर कारोबार मर्जर पश्चात कायम शेयर सूचीकरण भएपछि फुकुवा गरेको हो । 

कम्पनीले साविक जनसेवी लघुवित्त वित्तीय संस्था सँग मर्जर गर्दा कायम हुन आएको १४ लाख ४३ हजार ३०० कित्ता शेयर कारोबार हुन सक्ने गरी सूचीकृत गरिसेकेको छ । यस अघि कम्पनीको १० लाख ८० हजार कित्ता शेयर सूचीकृत रहेकोमा थप कित्ता सहित कुल सूचीकृत शेयर २५ लाख २३ हजार ३०० कित्ता पुगेको छ । यी दुई कम्पनीविच एकिकृत कारोबार गत पुस २३ गतेदेखि सुरु भएको हो । 
 

प्रतिक्रिया दिनुहोस