aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कामना सेवा बैंककोे एकैसाथ २ नयाँ शाखा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ फागुन २०७६
कामना सेवा बैंककोे एकैसाथ २ नयाँ शाखा सञ्चालन

काठमाडौं । कामना सेवा बैंकले एकैसाथ २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ७ अन्तर्गत  कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न. १, सुखड र कैलाली जिल्लाको, लम्कीचुहा नगरपालिका वडा नं. १, लम्कीमा यही फागुन ०५ गते एकैसाथ २ वटा  शाखा कार्यालय स्थापना गरि सञ्चालनमा ल्याएको हो । 

बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित १२० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटिएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकल एबिबिएस, इनटरनेट बैंकिगं, मोबाईल बैकिगं लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ 

प्रतिक्रिया दिनुहोस