aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

देवः विकास बैंकको नाफा २६ प्रतिशतले वृद्धि, ईपीस १३ रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
देवः विकास बैंकको नाफा २६ प्रतिशतले वृद्धि, ईपीस १३ रुपैयाँ

देवः विकास बैंक लिमिटेड (Deva Bikas Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा २५ करोड ५२ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २६ दशमलव १५ प्रतिशतले वृद्धि गरको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २० करोड २३ लाख रुपैयाँ कमाएको थियो ।

२ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ७३ करोड ३२ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा १७ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ संकलन गरि कर्जामा १६ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा ३३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी २७ दशमलव ५९ प्रतिशतले बढेर ६१ करोड ५८ लाख रुपैयाँ र संचालन मुनाफा २५ दशमलव ३९ प्रतिशतले बढेर ४० करोड ८ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ४ करोड ७० लाख रुपैयाँ राखेको छ । 

बैकको निष्कृय कर्जा १ दशमलव ६६ प्रतिशत, जोखिम युक्त सम्पत्ति १५ दशमलव ६५ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १३ दशमलव ४३ रुपैयाँ, मुल्य आम्दानी अनुपात ९ दशमलव ५३ गुणा, प्रतिशेयर नेटवर्थ १२८ दशमलव ९४ रुपैयाँ र तरलता अनुपात २२ दशमलव २२ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस