aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

शिवरात्रिमा सानिमा बैंकको डिजिटल प्रसाद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ फागुन २०७६
शिवरात्रिमा सानिमा बैंकको डिजिटल प्रसाद

काठमाडौं । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ। बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरूलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ।

यो योजनाअन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउने छन्। साथै, यो योजनामा महिला ग्राहकले १ सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउने छन्। 

यो योजना बुधबारदेखि आइतबारसम्मका लागि लागू गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस