aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

साधना लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ फागुन २०७६
साधना लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको हाडिँखोला शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

आबद्घ सदस्यहरुलाई नेपाल राष्ट्र बैकका निर्देशक राजन विक्रम थापाको प्रमुख आतिथ्यतामा वित्तीय साक्षरता कार्यक्रम संम्पन्न गरेको छ ।

वित्तीय संस्थाका २०० जना भन्दा वढि सदस्यहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्दै  थापाले ग्रामिण भेगमा आर्थिक रुपान्तरण सँगै महिला सशक्तिकरणमा लघुवित्त कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताए । 

ग्रामिण क्षेत्रमा वित्तीय साक्षरताको ज्ञान भए मात्रै लघुवित्त कार्यक्रमले सदस्यहरुमा उद्यमशिलताको विकास भई उनिहरुको जिवनस्तरमा समेत सुधार हुने उनले बताए ।

कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका उपाअध्क्षय निर्मला हिम्डुङ्गले ग्रामिण विकासका लागि वित्तीय संस्थाहरुले महत्बर्पुण भुमिका निर्वाह गरेको हुदा वित्तीय सेवाको सहि उपयोग गर्न सबैलाई आबहान गरेका थिए ।

साथै राक्सिराङ्ग गाउँपालिका वडा नं ८ का वडा अध्क्षय राम कृष्ण प्रजा, सुर्योदय मा.वि का प्रधानाध्यापक दिपक कार्कीले उक्त कार्यक्रममा शुभकामना मन्तब्य राखेको थियो । त्

यसै गरि वित्तीय संस्थाका प्रमुख कार्याकारी अधिकृत रेशम न्यौपानेले ग्रामिण भेगमा वित्तीय सैवा सँगै वित्तीय साक्षरता आजको आबश्यकता रहेको हुदा वित्तीय साक्षरता कार्यक्रमलाइ जोड दिई राज्यको दुर दराजमा सहज, सरल र उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउने वित्तीय संस्थाको उदेश्य रहेको बताए ।

कार्यक्रममा वित्तीय संस्था कि बरिष्ठ प्रबन्धक सरिता ढकालले वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्घिका लागि वित्तीय सेवाको महत्बका साथै वित्तीय संस्थाको बचत तथा कर्जा योजनाको बारेमा जानकारी गराई उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी गर्न प्रोत्साहन गरेको थियो । 

उक्त कार्यक्रम वित्तीय संस्थाका संचालक समितिका अध्क्षय कृष्ण बहादुर थापाको अध्क्षयतामा संम्पन्न भएको थियो भने उक्त कार्यक्रममा हाडिखोला शाखाका शाखा प्रमुख मोहन कुमार धमलाले सहजिकरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस