
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको आयोजनामा हालै चालू आवको प्रथम अर्धवार्षिक कार्यक्रम तथा बजेट समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।
नेपालगञ्जमा आयोजित दुई दिने गोष्ठीमा संस्थाका कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, सबै विभागीय प्रमुखहरू, पाँचै क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धकहरू, अन्य सम्बन्धित् कर्मचारीहरू तथा संस्थामा क्रियाशिल युनियनका अध्यक्षहरूकोे सहभागिता रहेको थियो ।
गोष्ठीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले गोष्ठीबाट कम्पनीको लक्ष्य पुरा गर्न अपनाउनु पर्ने रणनीति तर्जुमा गर्न मार्गदर्शन हुने बताए ।
उनले आगामी दिनमा उच्चमनोवल, सहकार्य र पारदर्शीताका साथ वार्षिक लक्ष्य हासिल गर्ने गरी कार्य गर्नुपर्नेमा जोड दिए ।
उनले कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीलाई सबल बनाउँदै कर्जाको गुणस्तर उच्चराखी वाषर््िाक कार्ययोजनामा तय भएका लक्ष्य हासिल हुनेगरी कार्य गर्न पनि निर्देशन दिए । गोष्ठीमा सहभागी कम्पनीका पाँच ओटै क्षेत्रीय कार्यालय तथा विभागहरूबाट पुरा नभएका तोकिएको लक्ष्य आगामी आषाढ मसान्तसम्म पुरागर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुटवलमा प्रधान कार्यालय रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.(साविकको ग्रामीण विकास बैंक)ले २०७६ पौष मसान्तसम्म सातवटै प्रदेशका ५७ जिल्लामा १ सय ८९ वटा इलाका÷ शाखा कार्यालय र पाँचवटा क्षेत्रीय कार्यालय विस्तार गरी करिब २ लाख २१ हजार सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । यस अवधिमा संस्थाको लगानीमा रहेको कर्जा रू. १० अर्ब ३३ करोड रहेको छ भने कुल बचत रू रु. ३ अर्ब ४९ करोड छ । सञ्चालन नाफा रू. १७ करोड ५८ लाख रहेको यस कम्पनीले यो अवधिमा रू. ११ करोड १८ लाख ९१ ह्जार खुद नाफा गरेको छ ।
प्रतिक्रिया दिनुहोस