aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सेञ्चुरी कमर्सियल बैंकले नाफा ९ प्रतिशतले घटायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
सेञ्चुरी कमर्सियल बैंकले नाफा ९ प्रतिशतले घटायो

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (Century  Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ६१ करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा ९ दशमलव ०६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ६७ करोड १५ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब २५ करोड ४ लाख चुक्ता पुँजी रहेको बैंकले प्रिमियममा ४ करोड १८ लाख रुपैयाँ, रिटन अनिङ्ग ८२ करोड ६७ लाख रुपैयाँ र जगेडोमा १ अर्ब १८ करोड २८ लाख रुपैयाँ छुटाएको छ । 

बैंकले निक्षेपमा ५७ अर्ब ८२ करोड ३३ लाख रुपैयाँ संकलन गरि कर्जामा ५७ अर्ब ३९ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ४५ दशमलव २४ प्रतिशतले वृद्धि गरी १ अर्ब ९७ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफा ६ दशमलव ७३ प्रतिशतले घटेर ८७ करोड ३३ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी बढेपनि संचालन मुनाफा घटेको हँुदा नाफा पनि घटेको हो ।

बैंकको जोखिम युक्त सम्पत्ति १४ दशमलव ३२ प्रतिशत, निष्कृय कर्जा १ दशमलव ५३ प्रतिशत, प्रतिशेयर आम्दानी ९ दशमलव ८७ रुपैयाँ, मुल्य आम्दानी अनुपात १७ दशमलव २३ गुणा, प्रतिशेयर नेटवर्थ १२४ दशमलव ८६ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस