
काठमाडौं । एस एस इभेन्टस् प्रा. लि. द्वारा टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको फाइनलमा कामना सेवा विकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवात्स्तब भए र उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे ।
उक्त प्रतियोगिताका कुनै पनि खेलमा पराजित नभई बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो । खेलाडीहरुलाई हौसला दिनका लागि बैंकका प्रमुख कार्यकारी अघिकृत प्रविन बस्नेत खेल मैदानमा नै सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस