aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनता बैंकको मुनाफामा ६० प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
जनता बैंकको मुनाफामा ६० प्रतिशतले वृद्धि

जनता बैंक लिमिटेड (Janata Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब २ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा ६० दशमलव ५६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ६३ करोड ७५ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ७ लाख चुक्ता पुँजी रहेको बैंकले रिटन अनिङ्ग ६२ करोड ३३ लाख रुपैयाँ र जगेडामा १ अर्ब ७५ करोड २७ लाख रुपैयाँ छुटाएको छ । 

बैंकले निक्षेपमा ७० अर्ब ४४ करोड ९७ लाख रुपैयाँ संकलन गरि कर्जामा ६४ अर्ब ७० करोड १० लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ४६ दशमलव ६१ प्रतिशतले बढेर २ अर्ब ४५ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफा ५६ दशमलव २६ प्रतिशतले बढेर १ अर्ब ४७ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको जोखिम युक्त सम्पत्ति १३ दशमलव ०७ प्रतिशत, निष्कृय कर्जा १ दशमलव २१ प्रतिशत, प्रतिशेयर आम्दानी १७ दशमलव ०६ रुपैयाँ, मुल्य आम्दानी अनुपात १० दशमलव ७८ गुणा र प्रतिशेयर नेटवर्थ १२९ दशमलव ७ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस