
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको वेलका नगरपालिका स्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई आर्थिक सहयोग गरेको छ । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई एक कायैक्रमका विच साठी हजारको आर्थिक सहयोग प्रदान गरिएको हो ।
विद्यालयले निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । उक्त सहयोग रकमबाट विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका निम्ति शैक्षिक सामाग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामाग्रीहरुको खरिद गर्ने कुरा विद्यालय प्रशाशनले जनाएको छ । यस किसिमको सहयोगले शैक्षिक सामाग्रीको अभावमा पठन पाठनमा भई रहेको कठिनाई अन्त्य गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगाएतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।
सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस