aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नवकिरण लघुवित्तको बिशेष साधारण सभा फागुन २४ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ फागुन २०७६
नवकिरण लघुवित्तको बिशेष साधारण सभा फागुन २४ मा

काठमाडौं । नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा फागुन २४ गते हुने भएको छ । यस अघि कम्पनीले माघ २२ गते सुचना प्रकासित गरी फागुन १७ गते पहिलो वार्षिक साधारण सभा गर्ने जानकारी गराएको थियो ।

विशेष साधारण सभामा मर्जर सम्बन्धी विषयमा उप समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने कार्यक्रम छ ।

साथै ,पूर्व सञ्चालन खर्च अनुमोदन, कम्पनीका कर्मचारीहरु, ऋणी, निक्षेपकर्ता, सञ्चालकहरु र शेयर सदस्यहरु समेतको बीमा गर्न बीमा कम्पनीको अभिकर्ताको रुपमा कार्य गर्नका लागि पनि आवश्यक निर्णय सभाले गर्नेछ । 

प्रतिक्रिया दिनुहोस