aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सनराइज बैंक र यूनियन लाइफबीच बैंकास्योरेन्स सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
सनराइज बैंक र यूनियन लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सन्राइज बैंकले देश भर रहेका १०५ वटै शाखाहरmबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेको जीवन बीमा योजनाहरु विक्रि गर्न सक्नेछ । 

सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य  र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण बीच बैंकास्योरेन्स  सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

ग्राहकहरुले सनराइज बैंकका देशभरीका शाखाहरुबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सकिने सम्झौतामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस