aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनआरएन लघुवित्तको पहिलो साधारण सभा फागुन १६ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ फागुन २०७६
एनआरएन लघुवित्तको पहिलो साधारण सभा फागुन १६ गते

काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो वार्षिक सााधारण सभा फागुन १६ गते हुने भएको छ । सभा होटल साथी प्रालि, धनगढी, कैलालीमा बिहान ११ बजे शुरु हुने  छ । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

सभाको प्रस्तावमा एनआरएन लघुवित्तले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तलाई गाभ्न मर्जर सम्बन्धि कार्यहरु अनुमोदन गर्ने, शेयर आदान प्रदान अनुपात निर्धारण गर्ने रहेको छ ।

साथै, साविकमा गाभिएका क्रिएटिभ र रामारोशन लघुवित्तको मर्जर अनुमोदन गर्ने, किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तलाई गाभेपछि पूँजी संरचनामा परिवर्तन हुने हँुदा सो बमोजिम प्रबन्धपत्र र नियमावलीमा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतको विषयहरु सभामा छलफलका लागि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस