
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा नै जम्मा गरेको छ । कम्पनीले फागुन १ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नै उक्त लाभांश जम्मा गरेको हो ।
कम्पनीको माघ २६ गते सम्पन्न १८औं वार्षिक साधारण सभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका तथा शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराएर हितग्राही खातामा बैंक खाता सहितको विवरण अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।
साथै, आफ्नो शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा नगद लाभांश प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र शेयर रजिष्ट्रारमा पेश गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस