aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनआइसी एशिया बैंकका ग्राहकलाई सोनी ब्राभिया टिभी किन्दा १० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ फागुन २०७६
एनआइसी एशिया बैंकका ग्राहकलाई सोनी ब्राभिया टिभी किन्दा १० प्रतिशत छुट

काठमाडाैं । एनआइसी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रालीबीच यस बैंकका ग्राहकलाई सोनीका आउटलेट तथा सोनी ब्राभिया किन्दा छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे ।

सम्झौताअनुसार यस बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी सोनी ब्राभिया टेलिभिजन किन्दा १० प्रतिशत वा अधिकतम २ हजारसम्म छुट दिइनेछ ।

यो योजना सोमबारदेखि यही महिनाको २९ गतेसम्म लागू हुने बैंकले बताएको छ ।

एनआइसी एशिया बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४६ एटिएम, १०३ वटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा दिदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस