aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आइ.सी.एफ.सी फाइनान्सको ऋणपत्रको बिक्री खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ फागुन २०७६
आइ.सी.एफ.सी फाइनान्सको ऋणपत्रको बिक्री खुला

काठमाडौं । आइ.सी.एफ.सी फाइनान्स लिमिटेडको ऋणपत्रमा आज (मंगलवार) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले १२ प्रतिशत ब्याजदरमा रू. २० करोड बराबरको २ लाख कित्ता ऋणपत्र निष्कासन गरेकोे हो ।  

जसमध्ये रू. १२ करोड बराबरको १ लाख २० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी रू. ८ करोड बराबरको ८० हजार कित्ता सर्वसाधारणका लागि विक्री गर्नेछ । सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ४ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

२०८३ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा ७६ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्रमूल्य रू. १००० तोकिएको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

फाइनान्सको ऋणपत्रलाई केयर रेटिङ नेपालले मध्यम सुरक्षा जनाउने केयर एनपी बीबीबी (ट्रिपल बी माइनस) रेटिङ प्रदान गरेको छ । कम्पनीको ऋणपत्रमा छिटोमा फागुन १६ गते तथा ढिलोमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस