aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

लघुवित्तमा कार्यरत कर्मचारीबाटै ६० लाख ७० हजार अनियमितता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ फागुन २०७६
लघुवित्तमा कार्यरत कर्मचारीबाटै ६० लाख ७० हजार अनियमितता

मनाङ । एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेकी छिन् । उनले सो वित्तीय सस्थाबाट रु ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको सो चामे गाउँपालिकामा रहेको सो सस्थामा उनी दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत थिइन् । सो रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरी समेत परेको जनाइएको छ । 

गुरुङले ४३ जनाको नाममा कीर्ते तमसुक बनाइ कर्जा निकालेर अनियमितता गरेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस