
काठमाडौं । माघ मसान्तसम्ममा एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य बढेको छ ।
पुस मसान्तसम्म प्रतिइकाई खुद मूल्य रू. १० दशमलव ७२ रहेकोमा माघ मसान्तमा वृद्धि भएर रू. ११ दशमलव ३३ पुगेको छ ।
माघ मसान्तसम्म एनआईसी एशिया फण्डको लगानीको परल मूल्यभन्दा बजारमूल्य बढी कायम भएको छ । एनआईसी एशिया ग्रोथ फण्डको माघ मसान्तसम्म सूचीकृत तथा सूचीकृत हुन बाँकी शेयर, डिबेन्चर तथा मुद्धति निक्षेपमा भएको परल मूल्य रू. ५८ करोड २ लाख रहेकोमा यसको बजारमूल्य रू. ७४ करोड ५ लाख कायम भएको छ ।
योजनाले माघ मसान्तसम्ममा रू. १० करोड ९७ लाख नाफा गरेको छ । यो नाफा पुस मसान्तसम्मको तुलनामा ८५ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा योजनाले रू. ५ करोड ९१ लाख नाफा कमाएको थियो ।
प्रतिक्रिया दिनुहोस